
- 23Shares
एजेन्सी । आजदेखि रुसमा विश्वकप फुटबल २०१८ सुरु हुँदैछ। आफ्नो भूमिका पहिलो पटक आयोजना हुन लागेको विश्वकप फुटबलको २१ औँ संस्करणका लागि रसियाले भव्य तयारी गरेको छ।
३२ राष्ट्र सहभागी हुन लागेको विश्वकप २०१८ को उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा आयोजना गरिदैछ। उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया खेल्दैछन्।
विश्वव्यापी गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन्। उनलाई रसियन स्टार एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन्।
आधा घण्टाको उद्घाटन समारोहपछि रुस र साउदी अरेबियाबीच खेल सुरु हुनेछ।
दुई पटक ब्राजिललाई विश्वकप जिताएका लिजेन्ड रोनाल्डोले मैदानमा ट्रफी भित्राउनेछन्।
लिजेन्ड रोनाल्डोले भने, पूरै विश्व फुटबल प्रतिको मोह दर्साउनका लागि आयोजकको आँगनमा एकत्रित हुन्छ र आयोजकले त्यसका लागि ठूलो परिश्रम गरेको हुन्छ। यो मैले अघिल्लो संस्करणमा भोगेको हुँ।’
विश्वकप एक महिनासम्म चल्नेछ।
- 23Shares
Comments
