असार १, काठमाडौँ | आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ | जसमा पहिलो खेल ईजिप्ट बिरुद्ध उरुग्बे, दोश्रो खेल मोरक्को बिरुद्ध इरान खेल्दैछ भने आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनले खेल्दैछ | नेपाली खेलप्रेमीहरुलाई आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनको खेल निकै चासोको बिषय हुनेछ |
यस अघि विश्वकप उद्घाटन खेलमा घरेलु टिम रुसले साउदी अरवलाई ५-० गोलअन्तरले पराजित गरेको थियो | विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । यो पटकको उद्घाटन खेल पनि इतिहासकै निरन्तरतामा गएको छ ।
आज कति बजे कुन-कुन देश भिड्दैछन् ?
आज June 15 (असार १ गते शुक्रबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस्
१. ईजिप्ट vs उरुग्बे
नेपाली समय: १७:४५ बजे
२. मोरक्को vs इरान
नेपाली समय: २०:४५ बजे
३. पोर्चुगल vs स्पेन
नेपाली समय: २३:४५ बजे
Leave a Reply
You must be logged in to post a comment.