विजय दशमी, शुभ दिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ रोडहाउस संयुक्त मूल इकाई द्वारा आज राजधानीमा उपत्यका स्तरीय रोडहाउस युनियन फुटसल कप २०७४ सुभारम्भ गरेको छ ।
कुमारी फुटसलमा भाद्र २८ देखि ५ असोज सम्म संचालन हुने प्रस्तुत प्रतियोगिताको गृहमन्त्री जनार्दन शर्माले एक कार्यक्रमकावीच उट्घाटन गर्नु भएको प्रस्तुत प्रतियोगितामा पर्यटन व्यवसायी सहित १६ टिमको सहभागिता रहने बताईएको छ । प्रतियोगितको उद्घाटनसत्रमा अखिल नेपाल ट्रडयुनियनमहासंघका अध्यक्ष गणेश रेग्मी ,महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दिपक पोखरेल अखिल नेपालखेलकुद महासंघका उपाध्यक्ष जनक वर्तौला लागायतको उपस्थिती रहेको थियो ।
Leave a Reply
You must be logged in to post a comment.