एक लाख पुरस्कार राशी शहीत “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आयोजना हुने

“बोसीगाउ ब्याडमिन्टन समुह”को आयोजनामा “प्रथम बोसीगाउ खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता-२०७४” आयोजना हुने भएको छ। नगद रु १,००,००० (एक लाख) पुरस्कार राशी शहीत आयोजना हुन लागेको उक्त प्रतियोगिता “बोसीगाउ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउ” मा आगामी मङ्सिर १ गते देखी १० गते सम्म चल्नेछ। प्रतियोगितामा द्वीतिय हुनेलाई रु ५०,००५ त्रितिय २ टिमलाई १५,०१५ बेस्ट खेलाडीलाई रु ५,००० र बेस्ट टिम लाई ५,००० नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागीताका लागि रु ३,००० प्रबेश शुल्क निर्धारणा गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिता सम्बन्धी थप जानकारीकालागी ९८४१४६१६१९ र ९८५१०४०७७२ मा संपर्क गर्न सकिनेछ।