एसियन कप छनोटमा यमनसँग नेपालको हार

  • 34
    Shares

काठमाडौं – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको छ ।

यमनले २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पेनाल्टीमा गोल गर्दा नेपाल पराजित हुन पुग्यो । ८३ औं मिनेटमा नेपालका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डि–बक्समा फाउल गरेपछि यमनले पेनाल्टी पाएको थियो । जसलाई यमनी खेलाडीले सदुपयोग गरे ।

छनोट चरणबाट बाहिरिसकेको नेपालको लागि यो खल प्रतिष्ठाको लागि मात्रै थियो । भने, यमनलाई एसियन कपमा छनोट हुनु नेपालविरुद्धको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै यमन सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि छनोट हुन सफल भएको छ । गत जेठमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यमनसँग नेपालको यो चौथो भेट हो । सन् २००० को एसिया कप छनोटमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो । सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । सन् २०१७ को एसियन कप छनोटमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

यमनविरुद्ध नेपाली टोली – किरण चेम्जोङ ९गोलकिपर०, विराज महर्जन ९कप्तान०, दीनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ (७०,जर्ज प्रिन्स कार्की), विमल घर्तीमगर(८४, सुमन लामा)


  • 34
    Shares

Comments

comments