कालीदेवि युथ क्लब सेमिफाईनल प्रवेश र ब्लू बेल बार्डभन्ज्याड्ग एफ सी र थानकाेट युथ क्लबकाे खेल अबरूद्ध

450

नैकाप गाेल्डकप २०७५ आज भएकाे पहिलाे खेलमा कालीदेवि युथ क्लब,नौबिसे द्वारा वेष्ट काठमाण्डौ ,नैकाप १-० ले पराजित भएकाे छ ।
जित सँगै कालीदेवि युथ क्लब सेमिफाईनल प्रवेश गरेकाे छ ।
आफ्ना महत्वपूर्ण खेलाडीहरूकाे अनूपस्थिति दाबेदार मानिएकाे वेष्ट काठमाण्डौलाई भारी रहन गयाे र टाेली प्रतियाेगिताबाट बाहिरियाे । कालीदेविका लागि सूजन बानिँयाले निर्णायक गाेल गरे भने कालीदेवि युथका यमन श्रेष्ठ म्यान अफ दि म्याच घाेषित बने ।

दिनकाे दाेस्राे खेल ब्लू बेल बार्डभन्ज्याड्ग एफ सी र थानकाेट युथ क्लब बिच रहेकाे थियाे तर विवादका कारण खेल अबरूद्ध रहन गयाे । उक्त खेलकाे पहिलाे हाफ सम्म ब्लू बेल राज शाहीकाे गाेलमा अग्रता लिरहेकाे थियाे ।
दाेस्राे हाफमा थानकाेट युथका गाेलकिप्परले ब्लू बेलका खेलाडी साेम थापा माथि फल भएकाे घटनामा रेफ्रीले थानकाेट बिरूद्ध पेनाल्टी दिए पछि थानकाेटका खेलाडी र पदाधिकारीबाट खेल बहिष्कार भए पछि खेल अबरूद्ध हुन पुग्याे ।
घटनाकाे विषयमा भाेली बिहान आधिकारीक निर्णय तथा छलफल हुने भ्एको छ।