चन्द्रागिरि ।
कोरियाको मुजुमा भइरहेको ११ अाैँ वर्ल्ड तेक्वान्दो कल्चरल एक्स्पो २०१७ मा जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल चन्द्रागिरि नगरपालिका काठमाण्डाैले ३ स्वर्णसहित ९ पदक जितेको छ । आइतबार भएको तेक्वान्दोको पुङ्से तर्फको खेलमा नवीन श्रेष्ठले स्वर्ण पदक जितेका छन् भने प्रतीक श्रेष्ठले कास्य तथा प्रसुम तामाङ, उज्ववल कटुवाल, अभिनव शाक्य तीनै जनाले १/१ रजत पदक जिते। त्यसैगरी फाइटतर्फ पनि प्रतीक र उज्वलले स्वर्ण पदक जितेका छन् भने प्रसुमले कास्य र अभिनवले रजत पदक प्राप्त गरे ।
एक्स्पोका लागि कोरिया गएका जेसिस स्कुलका सबै ५ खेलाडीले पदक जित्नु महत्त्वपूर्ण सफलता भएको जेसिस डोजाङ प्रमुख तथा अन्तर्राष्ट्रिय रेफ्री नोर्वु लामाले बताए । यसअघि आइतबारनै भएको कल्चरल एक्स्पोमा जेसिसका विद्यार्थीहरुले कालो टोपी भादगाउँले मेरो …… बोलको गीत प्रदर्शन गरी तृतीय स्थान हासिल गर्दै १ लाख युआन पुरस्कार प्राप्त गरे । ७४ मुलुकका ३ हजार ५ सय बढी खेलाडीहरु बीच भइरहेको प्रतिस्पर्धामा नेपालका प्रतियोगीहरूले प्राप्त गरेको सफलता निकै प्रशंसायोग्य रहेको नेपाल तेक्वान्दो संघ काठमाडौँ जिल्ला समितिका सचिव कुमार घिसिङले कोरिया बताए ।
Leave a Reply
You must be logged in to post a comment.