क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

रुस (एजेन्सी) – विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ ।



jibss

क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए ।

दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले गोल गरे । त्यस्तै ८० औं मिनेटमा लुका मोड्रिचले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे भने खेलको अन्तिम मिनेटमा इभान राकिटिचले तेस्रो गोल थप्दै अर्जेन्टिनालाई निराश पारे ।

यससंगै क्रोएसिया प्रतियोगिताको अन्तिम १६ मा पुग्न सफल भएको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ । अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ ।