खेलमा सूर्यमान र अनुपा उत्कृष्ट , मेयरबाट वडाध्यक्षलाई सम्मान ।

201

काठमाण्डौ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यतामा चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा भाद्र २७ गतेदेखि शुरु भएको “दोश्रो चन्द्रागिरि मेयर कप तथा दशौं राष्ट्रिय शिन क्युकोशिन कराते प्रतियोगिता” समापन भएको छ।

देशको २२ जिल्लाबाट १७५ जना खेलाडीले सहभागीता जनाईएको उक्त प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ २ गरि कुल ७ तौल समूहमा खेल खेलाईएको थियो। प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडी तथा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई पदक, शिल्ड सहित नगद प्रदान गरिएको छ।

प्रतियोगितामा पुरुषतर्फ काठमाण्डौका सुर्यमान श्रेष्ठ र महिलातर्फ दोलखाका अनुपा नेपाली उत्कृष्ट खेलाडी भएका छन्।

आयोजक संस्थाले उक्त कार्यक्रममा चन्द्रागिरि-१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठलाई बिशेष सम्मान गरिएको छ।

विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिंदै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्वास्थ जीवनयापनको लागिर राष्ट्र को लागी खेलकुद अपरिहार्य रहेको भनेका छन्। कार्यक्रममा मन्तब्य राख्दै मेयर गिरीले यस मेयर कपको आगामी संस्करण अझ सशक्त र उत्कृष्टका लागिन शुभकामना दिईएको छ। मेयर गिरीले पछिल्लो समय खेलकुदमै लागेर पनि खेलाडीको भविश्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुदै गएको र वर्तमान अवस्थामा देशको खेलकुद विकाशका प्रशस्त सम्भावना भएपनि मुलुकमा सरकार फेरिए पिच्छै खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग नै खेलकुद विकाशमा तगारोका रुपमा रहेको बताएका छन्। “राजनितिक छाँयाबाट खेलकुद क्षेत्रलाई उकास्ने दिशातर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ” उनले भनेका छन्।

कार्यक्रममा बिशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका उपमेयर लिशा नकर्मीले सबै खेलाडीलाई एकाग्र भई खेलमा लाग्नु पर्ने बताएका छन्। उनले महिलालाई अन्य ब्यवसायमा जस्तै खेलकुदमा पनि अग्रसर भई लाग्न जोड दिएका छन्।

आयोजक संस्थाका अध्यक्ष बिक्रम नकर्मीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिईएको छ। उनले प्रतियोगितामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

शुक्रवारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं. ३ का प्रदेश सभा सभामुख माननीय सानुकुमार श्रेष्ठले गरिएको हो।