चन्द्रागिरि नगरस्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने, विजेतालार्इ २० हजार नगद

चन्द्रागिरि ।

अाफ्नो स्थापनाको नवाैँ वार्षिकोत्सवको अवसरमा चन्द्रागिरि ५ स्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले ब्याडमिण्टन प्रतियोगिता अायोजना गर्ने भएको छ । जेठ ३० देखी हुने प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । मेन्स डबल्स ढाँचाको प्रतियोगिताको विजेता जोडीले बीस हजार, उपविजेता जोडीले दश हजार, तेश्रो हुने जोडीले ५ हजार नगद पुरस्कार सहित मेडल तथा ट्रफी प्राप्त गर्ने सहकारीका अध्यक्ष रामनाराण घिमिरेले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । प्रतियोगिता साबिक महादेवस्थान गाविस भवनको प्राङ्गणमा खेलाइनेछ ।