जापानमा ‘हिट ४३ प्रोफेशनल किक बक्सिङ’मा नेपालका अविरल घिमिरे भिड्दै

काठमाडौं भाद्र ३१ जापानको नागोयामा आयोजित हिट ४३ मेगा व्याटल प्रोफेशनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ले प्रतिस्पर्धा गर्ने भएका छन । भाेली हुने जापानकाे नागोयामा आयोजित हिट ४३मेगा व्याटल प्रोफेशनल किक बक्सिङ नेपालकाे प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले जापानीज फाईटर युहेयी संग प्रतिस्पर्धा गर्ने लागेका हुन् ।



jibss

३ राउन्डकाे खेलमा विजयी भए बाज्रिल या वाेलिभिया संग घिमिरेकाे प्रतिस्पर्धा हुनेछ । काठमाडौं चन्द्रगिरीका अविरल घिमीरेले यस अघि विभिन्न देशकाे खेलाडीहरू संग अाठाै पटक जित हात पारेसकेका छन् । उनी पूर्व राष्ट्रिय मार्शल आर्ट खेलाडी देवकुमार घिमीरेका छोरा हुन् । घिमीरेका कोच पनि उनैका बाबु हुन ।

भाेली हुने खेलमा नेपाली समय अनुसार १२ वजे हुने खेलमा बाज्रिलियन खेलाडी ब्रुरूणाे गाजिनाे र वाेलिभियन खेलाडी डेविट जुनिटा विच प्रतिस्पर्धा हुनेछ । हिट ४३मेगा व्याटल प्रोफेशनल किक बक्सिङमा विजयी खेलाडीले वेल्ट,नगद तथा राष्ट्रकाे नाम दर्ज गराउने सफलता प्राप्त गर्ने छन । हिट ४३ किक बक्सिङ जापानको प्रसिद्ध खेल मानिन्छ ।