
चन्द्रागिरि ।
जापानको नागोयामा बस्दै आएका चन्द्रागिरि ५ गुर्जुधाराका १७ वर्षीय अविरल घिमिरे जापानमा सम्पन्न ड्रयागन हिट किक बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ठ खेलाडी हुँदै जापान च्याम्पियनसिपका लागि छनोट भएका छन् । घिमिरे नेपालका पुर्व राष्ट्रिय कराते खेलाडी देव कुमार घिमिरेका छोरा हुन् । जापान च्याम्पियनसिप अागामी नोभेम्बरमा हुनेछ ।
