चन्द्रागिरि ।
नैकाप गोल्ड कप २०७४ को दोश्रो चरणको खेलहरू सुरु भएका छन् । अाइतबार भएको पहिलो खेलमा ढुंगेअड्डा युनेस्कोले इमाडोल युथ क्लबलाई २-० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । ढुंगेअड्डा युनेस्कोका लागि म्यान अफ द म्याच समीर कार्की र सुनिल बस्नेतले फ्री किक मार्फत सुन्दर गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
दोश्रो खेलमा युवा टोलि सम्मिलित ओराकल वेस्ट काठमाडौँलाई कार्की युथ क्लब, नैकापले २-१ गोल अन्तरले पराजित गर्यो ।
पहिलो हाफमा पेनाल्टी मार्फत रिश्व श्रेष्ठको गोलको अग्रता ३ मिनेट पछि नै उर्गेन शेर्पा लामाले कार्की युथका लागि बराबरी गोल फर्काए । कार्की युथ क्लबका लागि दोश्रो हाफमा म्यान अफ द म्याच सुजित लामाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउदै जित सुनिश्चित गराए ।
सोमबारको पहिलो खेल दिप शिखा युवा समूह पुरानो नैकाप र युथ हसंटार क्लब बीच हुनेछ भने दोश्रो खेल कालिका ब्याटमिनटन क्लब,नैकाप र ब्लु बेल एफ. सी. वाडभन्ज्यांग बीच हुनेछ ।
Leave a Reply
You must be logged in to post a comment.