थानकोट बक्सिङ क्लब उदघाटन

408

थानकोट, २०७७ पौस १८ गते | थानकोट च न पा. ३ टोटीटोल स्थित थानकोट बक्सिङ क्लब उदघाटन कार्यक्रम चन्द्रागिरि नगरपालिकाका मेयर श्री घनश्याम गिरिज्यूको प्रमुख आतिथ्यमा सम्पनन भएको छ । बक्सिङ गुरु कविन्द्र महर्जनज्युको सभापतित्व रहेको उक्त कार्यक्रममा च न पा ३ का वडाअध्यक्ष दुर्गालाल महर्जनज्यु, च न पा ४ का वडाअध्यक्ष कृष्ण प्रसाद खड्गीज्यु तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। नगर प्रमुखज्युले यस क्षेत्रको बक्सिङ खेलको उत्थानको लागि नगरपालिका र व्यक्तिगत तर्फबाट साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।