देवदर्शन कप ब्याडमिण्टन जारी, ५ टोली अघिल्लो चरण प्रवेश

चन्द्रागिरि ।

जारी दोश्रो देवदर्शन कपको दोश्रो दिन बुधबार ३ खेल भएका छन् । राजु श्रेष्ठ र प्रह्लाद बहादुर कार्की जोडी दिल बहादुर थापा र श्याम न्याैपानेको टोलीसँग १२-२१, २१-१७ र ११-२१ ले पराजित भयो । त्यस्तै प्रकाश अोडारी र धनपति मैनालीको जोडी पुष्प खड्का र पवन अधिकारीको जोडी सँग १०-२१ र ११-२१ को सोजो सेटमा पराजित भयो भने अाजै भएको तेश्रो तथा अन्तिम खेलमा राजन केसी र दिपेन्द्र खड्काको जोडी केशव कुमार खड्का र युवराज शाहको जोडीमाथि २१-७ र २४-२२ को जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । देवदर्शन सहकारीको नवाैँ वार्षिकोत्सवका अवसरमा मंगलबारबाट सुरू भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ ।