
चन्द्रागिरि ।
देवदर्शन साकाेसकाे वार्षिकोत्सवका अवसरमा अायाेजित तेस्रो देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताको छैठो दिन ८ खेल सम्पन्न भएका छन् । जसअनुसार सबिन श्रेष्ठ र राजकुमार पोखरेल, पुष्पा वस्नेत र राजकुमार चौधरी, अमृत थापा र उदय थापा, शिव महत र राजन महत, राम सरण केसी र लोकेसोर बखती, अमिर महर्जन र लक्ष्मण महर्जन, पुष्पा खड्का र आजय पाण्डेको जोडी प्रतिद्वन्दी विरूद्ध जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् भने हरि खत्री र बिल भाद्र अधिकारि जोडीले बाइ पाएको छन्। ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले ट्रफिको साथमा नगद रू बीस हजार , दोस्रो हुनेले नगद दस हजार र सेमिफाइनल पुग्ने दुई जोडीले ५०००/५००० पाउने छन् भने उत्कृष्ट खेलाडीले रु २५०० नगद पुरस्कार पाउने छन् ।