नेपालले जित्यो टी-२० क्रिकेट सिरिज

  • 54
    Shares

काठमाडौं । यूएईविरुद्धको टि–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पराजित गर्दै नेपालले सिरिजमा कब्जा जमाएको छ।

नेपालले यूएईविरुद्धको टि–२० शृंखला २-१ ले जित्दै नयाँ इतिहास रचेको छ । सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेको थियो। दुबै शृखंलामा नेपाल पराजित भएको थियोे ।

आइतबार सिरिजको अन्तिम नेपालले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई १० पुरै खेल्दै ८ विकेटको नोक्सानीमा ९० रनमा समेटिएको थियो । यो संगै नेपालले १४ रनको ऐतिहासिक जित दर्ता गर्यो ।

नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेपछि युएईका ब्याट्सम्यान एकपछि अर्को गर्दै पवेलियन फ्रकेका थिए ।

ईनिङको पहिलो ओभर गरेका सन्दीप लामिछाने महङ्गो साबित हुँदै २० रन खर्चेका थिए ।

युएईका सैमन अनवरले सर्वाधिक ३० रनको योगदान दिदा उनले २० बलको समना गर्दै २ चौका र १ छक्का हिर्काउदा कारण केसीको बलम क्याच आउट भए । त्यसैगरी युएईका ओपन गुलाम सब्बिरले २५ रनको पारी खेल्दा अर्का ओपनर अस्फिक अहमद ८ बनाए ।

त्यसैगरी मोहम्मद बुताले ११ रन बनाउदा मुहमद उस्मान २ रन जोड्दा कप्तान मोहम्मद नाभिद शुन्यमा आउट भए ।

बलिङतर्फ मेहमान टोली नेपालका करण केसी र अभिनास बोहरा, ललित नारायण राजबंसीले दुई दुई विकेट चट्काउदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट प्राप्त गरेका थिए ।

दिउँसो दुई बजेर ४५ मिनेटमा सुरु हुने टि–२० सिरिजको अन्तिम खेल वर्षा र हावा हुरिले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १० ओभर पुरै खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४ रन जोडेका थिए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोड्दा १४ बलको सामना गरेका खड्काले ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै युवा क्रिकेटर सन्दीप जोराले ११ बल खेल्दै ३ छक्का प्रहार गर्दै २८ रनको आक्रामक पारी खेल्दा, विनोद भण्डारीले पनि २ चौका र १ छक्काको मद्दतले २१ रनको योगदान दिदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन, करण केसीले १० रन बनाएका थिए ।

त्यसैगरी दिपेन्द्र सिह ऐरीले २ रन जोड्दा, पवन सराफ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

बलिङतर्फ घरेलु टोलि युएईका कप्तान मोहम्मद नाभिद र सुल्तान अहमदले दुई दुई विकेट प्राप्त गर्दा जोहर खान, सुल्तान अहमद र मोहम्मद बुताले समान एक एक विकेट लिएका थिए ।

गएको शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियो ।

२०१४ मा नै नेपालले हङकङसँग श्रीलङ्कामा चारवटा टि–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । जसका सुरुवाती तीन खेल वर्षाको कारण रद्द भए भने अन्तिम खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो। जुन शृंखला नेपालले ३–१ ले गुमाएको थियो । सुरुवाती तीन खेल नेदरल्याण्ड्सले जितेपछि अन्तिम खेल नेपालले ३ विकेटले जितेको थियो।


  • 54
    Shares

Comments

comments