
नैकाप गाेल्डकप २०७५ दाेस्राे दिन पहिलो खेलमा वेष्ट काठमाण्डौ एफ सी,नैकापले समाज सुधार क्लब,चेकपाेष्ट माथि १-० गाेल अन्तरकाे जित दर्ता गरेको छ भने खेलमा एक मात्र गाेल वेष्ट काठमाण्डाैका आशिष लामाले दाेस्राे हाफमा गरेका थिए ।
दिनकाे दाेस्राे खेलमा बार्सिलाेना फ्यान क्लब नेपालले मिर्मिरे युवा समूह,नैकाप माथि २:० गाेल अन्तरकाे जित दर्ता गरेकाे छ । पहिलाे हाफ मिर्मरेले खेलमा केहि दबाब राखे तापनि दाेस्राे हाफमा बार्सा नेपालले खेलमा नियन्त्रण गर्दै राेनिस राजबाहक काे गाेलमा अग्रता लिएकाे थियाे । खेलमा फर्किन भरपूर प्रयासमा रहेकाे मिर्मिरे माथि अिन्तम समय तिर पूर्ण म्यान अफ दि म्याच राेनिस राजबाहकले फ्रिकिक मार्फत दाेस्राे गाेल गरे पछि मिर्मिरेकाे आशा बन्द हुन पुग्याे । त्यस्तै दिनकाे अन्तिम खेलमा हामी दाजुभाई क्लब,थानकाेटले गलबन युनाईटेड थानकाेट माथि २:० गाेल अन्तरकाे जित हाशिल गर्याे । बिजयी टाेलीका लागि नविन कर्माचार्य र म्यान अफ दि म्याच कब्बु कन्दड्गवाले पहिलाे हाफमै एक-एक गाेल गरे ।