नैकाप गोल्डकपको चौथो दिन

नैकाप गोल्डकपको चौथो दिन, आजको पहिलो खेलमा बिहान ८ :०० बजे ब्लु बेल एफ. सी.,वाडभन्ज्यांगले सितापाइला एफ.सी,सितापाइलालाइ ९:१ को ठुलो अन्तरमा हराउन सफल भएको छ । ब्लु बेल एफ. सी. को जीतमा नायक साबित भए खेलका म्यान अफ द म्याच अखिलेश कार्की । उनले व्यक्तिगत ५ गोल गरे भने सोम थापाको तर्फबाट २ गोल, कर्फु रसाइली र अनिश श्रेष्ठ दुवैले एक-एक गोल गरे भने सितापाइलाको लागि सान्त्वोना गोल अनिल लामाले गरे ।

Chandragirinews.com
Rockey Maharjan

दिनको दोस्रो खेलमा वेस्टर्न युनाइटेड किसिपीडीले रेस्त्रोलोजी लाइन्स क्लब अफ धादिंग धुन्बेसी ताउन माथि ३:१ को जीत दर्ता गर्यो । वेस्टर्न युनाइटेडका लागि सुवास घलानले ह्याट्रिक पुरा गरे । घलान म्यान अफ द म्याच पनि घोषित भए । रेस्त्रोलोजी लाइन्स क्लब अफ धादिंग धुन्बेसी ताउनका तर्फबाट बिबेक भण्डारीले एक गोल फर्काए पनि टोलीले पुनरागमन गर्न पाएन ।

chandragirinews.com
Rockey Maharjan

दिनको अन्तिम सनसनीपूर्ण खेलमा ७५ मिनेट सम्म १:० ले पछि परेको अवस्था उल्टाउदै we are brothers थानकोटले किटिनी भन्ज्यांग युथ क्लब पुरानो नैकाप माथि २:१ को जीत दर्ता गर्दै दोश्रो चरण प्रवेश गर्न सफल बन्यो  पासांग लामाले १४ मिनेट मै गोल गर्दै किटिनी भन्ज्यांग युथ क्लब पुरानो नैकापलाइ अग्रता दिलाएका थिए 
we are brothers थानकोटका लागि म्यान अफ द म्याच करण तामांगले दुवै गोल गरे 

chandragirinews.com
Rockey Maharjan

 

chandragirinews.com
Rockey Maharjan