नैकाप गोल्डकपको पाँचाैँ दिन, ३ टोली अघिल्लो चरणमा

चन्द्रागिरि ।

नैकाप गोल्डकप अन्तर्गत शुक्रबार बिहान ८ बजे को खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि पेनाल्टी शूटआउटमा महालक्ष्मी युथ क्लबले भीमसेन युथ क्लब माथि ३-१ को विजय हासिल गर्यो । खेलका म्यान अफ द म्याच महालक्ष्मी युथका गोलरक्षक सबिन महर्जन बने ।

दिनको १:०० बजेको खेलमा तार्केश्वोर युथ क्लब स्युचाटारलार्इ ३:० गोल अन्तरले पराजित गर्दै लकश साकोस,बल्खु दोश्रो चरण प्रवेश गर्न सफल भएको भयो । लकश साकोसका तर्फबाट सुजन महर्जन,बिशाल तामांग र अजय थापा ले एक एक गरे । म्यान अफ द म्याच पनि लकशका बिशाल तामाङ घोषित भए ।


दिनको अन्तिम खेलमा खुशी खुशी साकोस ल्याकटो, मातातीर्थले
एस के इन्टरप्राइजेज, मातातीर्थमाथि  ५-० को सहज जित हात पार्यो । खेलका नायक खुशी खुशी साकोस ल्याकटोका सन्दीप कोइलीले ह्याट्रिक पुरा गर्दै म्यान अफ द म्याच पनि घोषित भए भने बाँकी २ गोल प्रकाश ए.डी. र सबिन बि. के. को नाममा रह्यो ।