नैकाप गोल्ड कप प्रतियोगितामा ब्लू बेल फुटबल क्लबको फराकिलो जित

आज विहान ८:०० बजे सम्पन्न पहिलो प्रतिश्पर्धात्मक खेलमा ब्लु बेल फुटबल क्लब, वाडभन्ज्याङ ले सीतापाइला फुटबल क्लब लाई ९-१ गोल अन्तरले हरायो । सहज जित दर्ता गर्दा ब्लु बेलका अखिलेस कार्की ५, सोम थापा २, अनिश श्रेष्ठ र कर्फु रोसाइलीले समान १-१ गोल गरेका थिए । सीतापाइला फुटबल क्लबका अनिल लामाले १ गोल फर्काए । खेलमा म्यान अफ दि म्याच अखिलेस कार्की भए ।

त्यस्तै दिउसो १:०० बजे वेस्टर्न युनाइटेड किसीपिदी र लायनस् क्लब अफ धादिङ बीच खेल हुनेछ | दिनको अन्तिम खेल ३:०० बजे कितिनी भन्ज्याङ युवा क्लब, पुरानो नैकाप र वि.आर.ब्रोधरस्, थानकोट बिच खेल हुनेछ ।