प्रथम चन्द्रागिरी गोल्ड कप २०७४ ए डिभीजन प्रतियोगिता खेल तालिका प्रकाशन

750

चन्द्रागिरि ।

ब्राईट युथ क्लब, नैकापको आयोजनामा प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नैकापस्थित खेल मैदानमा सम्पन्न हुने प्रतियोगिता कार्तिक २८ देखी मङ्सिर ६ गते सम्म हुनेछ । पुर्व राष्ट्रिय फुटबलर रमेश बुढाथोकी अध्यक्ष रहेका क्लबले पहिलो पटक यस किसिमको प्रतियोगिता गर्न लागेको हो । नेपालका ए डिभिजन टिमहरु सहभागी हुने यस प्रतियोगितामा प्रथम हुने टोलीले रु. ५००,००० नगद राशी सहित ट्रफी प्राप्त गर्नेछ भने दोश्रो हुने टोलीले रु. २५०,००० नगद राशी सहित ट्रफी प्राप्त पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र सर्बाधिक गोलकर्ताले क्रमश: नगद रु. ३०-३० हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।