चन्द्रागिरी,
शुक्रबार सम्पन्न खेलहररूमा जीवन आचार्य र अनिश श्रेष्ठको जोडी फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । जीवन आचार्य र अनिश श्रेष्ठ जोडीले बिजेन्द्र लाल श्रेष्ठ र बिनय तन्डुकारको जोडीलार्इ पराजित गर्यो । त्यस्तै दोश्रो सेमीफाइनल खेलमा बिष्णु कटवाल र दिपक बोहराको जोडीले राजमान महर्जन र चन्दन महर्जन जोडीलार्इ पराजित गर्दै उपाधी नजिक पुगेको छ । फाइनल खेल आइतबार बिहान हुनेछ ।
नेपालमा पहिलो पटक नगद रु १,११,१११ (१ लाख १ हजार १ सय १ रुपैयाँ)पुरस्कार राशी सहित आयोजना भएको यस प्रतियोगिता “बोसीगाउ ब्याडमिन्टन कोर्ट चन्द्रागिरी नगरपालिका वडा नम्बर १० बोसीगाउ” मा आगामी मङ्सिर १० गते सम्म चल्नेछ।
Leave a Reply
You must be logged in to post a comment.