प्रभातेश्वर समाज सुधार क्लव (A) बिरुद्ध वेणी स्नुकर क्लव,बानस्थली र नेपाल आर्मी जगदल गण,छाउनी टोली बिरुद्ध नया बजार युथ क्लब,किर्तिपुर सेमिफाइनलमा भिदै

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” आयोजना गरिएको हो। नेपाल भलिवल संघ का अध्यक्ष मनोरञ्जनरमण शर्माले उट्घाटन गरेका थिए।

“दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” तेस्रो दिन २ खेल सम्पन्न भएको छ। खेल देउराली भलिबल ग्राउण्ड चेकपोस्ट, चन्द्रागिरीको खेल मैदानमा भएको हो।

पहिलो खेलमा प्रभातेश्वर समाज सुधार”B” लाई ३-०(२५-१६,२५-१४ र २५-१३ ) को सेटमा पराजित गर्दै नेपाल आर्मी जगदल गणले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच नेपाल आर्मीका सुबास कार्की चुनिएका थिए।साथै नेपाल आर्मी जगदल गण टिम सेमीफाइनलमा प्रबेश गर्न सफल भएको छ।

यसै दिनको दोस्रो खेल एपीएफलाई ३-२(२३-२५,२५-१८,२२-२५,२५-१४,१५-७ ) को सेटमा पराजित गर्दै त्रिवेणी स्नोकर क्लबले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच त्रिवेणी स्नोकरका अर्जुन रसाईली चुनिएका थिए।साथै नेपाल त्रिवेणी स्नोकर टिम सेमीफाइनलमा प्रबेश गर्न सफल भएको छ।

दिनको तेस्रो खेल भ्याली कलेजलाई ३-०(३०-२८,२५-२२,२५-१९) को सेटमा पराजित गर्दै किर्तिपुर क्लबले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच किर्तिपुरका मिलन भुजेल चुनिएका थिए। साथै किर्तिपुर टिम सेमीफाइनलमा प्रबेश गर्न सफल भएको छ।

दिनको अन्तिम खेल देेउराली युवा जागरण क्लबलाई ३-१(२४-२६,२९-२७,२१-२५,१७-२५) को सेटमा पराजित गर्दै श्री प्रभातेश्वर समाज सुधार क्लवले जित हासिल गरेकको छ भने खेलका म्यान अफ द म्याच देेउरालीका अजय चौधरी चुनिएका थिए। साथै किर्तिपुर टिम सेमीफाइनलमा प्रबेश गर्न सफल भएको छ।

प्रतियोगिता अन्तर्गत बिहीबार प्रभातेश्वर समाज सुधार क्लव (A) र वेणी स्नुकर क्लव,बानस्थली खेल हुने छ, खेल ०१:०० बजे बजे हुनेछ। भने दिनकै ०३:०० बजे नेपाल आर्मी जगदल गण,छाउनी टोली र नया बजार युथ क्लब,किर्तिपुर टोलीबीच खेल हुनेछ।

असोज १ गते देखि सुरु भएको “दोस्रो कृष्ण कुमार के.सी. स्मृति पुरुष भलिवल प्रतियोगिता २०७६” प्रतियाेगितामा प्रथम हुनेले ट्रफिको साथमा नगद रू चालिस हजार , दोस्रो हुनेले नगद बिस हजार र तेस्रो हुनेले दस हजार पाउने छन् ।