बार्सा नेपाल र We Are Brothers नैकाप गाेल्डकप २०७५ फाईनलमा भिडै


बार्सा नेपाल र We Are Brothers नैकाप गाेल्डकप २०७५-तेस्राे सस्करणकाे फाईनलमा भिड्ने भएका छन ।
आज भएकाे पहिलाे सेमिफाईनलमा बार्सा नेपालले ब्लू बेल एफ.सी बार्डभन्ज्याड्ग माथि ट्राईब्रेकरमा ५-४ काे जित दर्ता गर्दै फाईनलकाे यात्रा तय गरेकाे छ ।
निर्धारित खेल १-१ काे बराबरीमा सकिएकाे थियाे।
ब्लू बेलले पहिलाे हाफमा अनिश श्रेष्ठकाे गाेलमा अग्रता लिएकाे थियाे ।
अग्रता सँगै पहिलाे हाफमा पूरै दबाब बनाएकाे ब्लू बेल एफ सी.ले अग्रता दाेब्बर पार्न नसक्नु अन्तमा घातक रहन गयाे । पहिलाे हाफ पूर्ण रूपमा रक्षात्मक खेलेकाे बार्सा नेपालले दाेस्राे हाफ बिलकूल विपरित आक्रमक खेल खेल्दै ब्लू बेल माथि दबाब बनायाे र उसका लागि सन्ताेष कूमार चौधरीले बराबरी गाेल फर्काए र खेल ट्राईब्रेकर सम्म लम्बियाे ।
ट्राईब्रेकरमा बार्साका सबै खेलाडीबाट गाेल भए र ब्लू बेलका विदेशी खेलाडी मसूदकाे प्रहार म्यान अफ दि म्याच गाेलकिप्पर राजु तामाड्गले राेकिदिए ।
दिनकाे दाेस्राे सेमिफाईनलमा We Are Brothers,थानकाेटकाे नैकाप गाेल्डकपमा सनसनीपूर्ण यात्रा कायम रह्याे र उसले कालीदेवि युथ क्लब,नौबिसे माथि १-० काे जित रच्दै फाईनल प्रवेश गर्याे ।We Are Brothers का लागि एक मात्र गाेल पहिलाे हाफमा कब्बू कन्दड्गवाले गरे ।
दाेस्राे हाफमा कालीदेवि केहि आक्रामक देखिए पनि गाेल फर्काउन भने असफल रह्याे ।
खेलका म्यान अफ दि म्याच We Are Brothers का डिफेन्डर सूर्य प्रसाद कन्दड्गवा चूनिय ।


Comments

comments