मण्डला अान्तरिक ब्याडमिन्टन अाजवाट सुरू

काठमाडौं कात्तिक १२ ।



jibss

मण्डला अान्तरिक ब्याडमिन्टन प्रतियाेगिता २०७५
अाज वाट सुरू भएकाे छ ।

मित्रता तथा सहिष्णुताकाे लागि खेलकुद भने नाराका साथ मण्डला अान्तरिक ब्याडमिन्टन प्रतियाेगिता २०७५ अाज वाट सुरू भएकाे हाे ।

चन्द्रागिरि नगरपालिका प्रवर्ता हरिभत्त महर्जनले उद्घाटन गरेकाे कार्यक्रममा वाेल्दै मानव स्वास्थ्यका लागि खेलकुद अनिवार्य अावश्यकता भएकाे भन्दै नगरलाई खेलकुद मैत्री वातावरण तयार पार्न नगरपालिका सुरू देखि लागि रहेकाे चर्चा गरे । उनले छिटोभन्दा छिटाे खेलकुदवाट नगरकाे नाम अझ राष्ट्र सामु चिनाउन थप गृहकार्य रहेकाे अाैल्याए ।

कार्यक्रममा वाेल्दै राष्ट्रिय जनमाेर्चा चन्द्रागिरिका ईन्चार्ज राेसन दानीले समग्र चन्द्रागिरिकाे विकासमा खेलकुद महत्त्वपूर्ण भएकाे भन्दै अाई सिसि विश्व कपकाे ट्रफि चन्द्रागिरिमा ल्याउनु भनेकै विश्व जगतमा चन्द्रागिरिकाे खेलकुदकाे विकासमा र समग्र पर्यटनको विकासमा उल्लेखनीय अर्थ राख्ने धारणा राखे ।

नगरपालिकाहरूकाे लगभग ३२ समुहकाे सहभागिता रहेकाे मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले वताए ।

सस्थाका अध्यक्ष प्रधानका अनुसार खुला ब्याडमिन्टन प्रतियाेगिता प्रथम हुने जोडी ले प्रमाण पत्र,ट्रफिको साथमा नगद पुरस्कार पाउने जानकारी दिए । उनले
खेलाडीहरूकाे मनाेवल,भाईचारा र एकता स्थापना गर्न टुनामेन्टकाे अायाेजना गरिएकाे वताए । पहिलाे चरणकाे खेलमा रामनारायण घिमिरेकाे समुह विजयी भएकाे छ ।