मैत्रीपूर्ण फुटसल खेल सम्पन्न

पाकिस्तानको पाकिस्तान सोक्सर फुटसल संघको आयोजनमा हुन गइरहेको प्रथम अन्तराष्ट्रिय फुटसल टुर्नामेन्ट, अन्तर्गत नेपाल र पाकिस्तान क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।



jibss

उक्त खेलमा नेपाल चार गोलका विरुद्ध आठ गोलले विजयी भएको छ ।

फागुन ४ देखी ६ गतेसम्म पाकिस्तानको लियाक्याट जिम्नासियम स्र्पोटस क्मप्लेक्स इस्लामाबादमा हुने खेलमा नेपाल सहित आयोजक राष्ट्र पाकिस्तान, अफगानिस्तान, ब्राजिल, टर्की, अष्ट्रेलिया लगायतका राष्ट्रको सहभागिता छन ।

नेपाली टोलीमा दीपेन्द्र रसायली, रीतेश पौडेल, साजन महर्जन, समीर कार्की, बिक्की शिलाकार, साहील राना, बिकेक केसी, राकेस थापा, टिम म्यानेजर बटु कृष्ण थापा, टिमकोच सन्तोष पराजुली, सह टिम कोच राजेन्द्र थापा रहेका छन । नेपाल यसअघि सन् २०१६ मा श्रीलंकामा सम्पन्न फुटसल टुर्नामेन्टमा उपबिजेता भएको थियो ।