काठमाडौं । युरो कप २०२० अन्तर्गत आज राति दुई खेल खेलिंदै छन्। आज हुने खेलमा समुह ‘एफ’ मा रहेका चार वटै टोलीले प्रतिस्पर्धा गर्दै छन्।
‘ग्रुप अफ डेथ’ अन्तर्गत पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले ‘अण्डर डग’ टिम हंगेरीको सामना गर्दैछ। त्यस्तै आज खेलिने दोस्रो खेलमा युरोपकै दुई बलिया टोली फ्रान्स र जर्मनी आमने सामने हुँदै छन्।
नेपाली समय अनुसार पहिलो खेल राति ९:४५ मा शुरू हुँदैछ भने आजको दोस्रो खेल राति १२:४५ मा किकअफ हुने तालिका रहेको छ।
Leave a Reply
You must be logged in to post a comment.