किभ (एजेन्सी) – लिभरपुलका गोलकिपर लोरिस क्यारियसको दुई गल्तीमा दुई गोल गरेपछि रियल म्याड्रिडले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा ३-१ ले पराजित गर्यो। रियलको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो।
दोस्रो हाफमा मैदान प्रवेश गरेका बेलले दुई गोल गरे।
पहिलो हाफमा लिभरपुलले मुख्य खेलाडी मोहम्मद सलाहलाई गुमाउनु पर्यो। सर्जियो रामोससँग जुदेपछि सलाहले काधमा चोट बोक्दै ३० औं मिनेटमा मैदान छाडे। विश्व कप नजिकिंदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँशु थाम्न सकेनन।
पहिलो हाफमा ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै उक्त गोललाई मान्यता दिएनन्। रोनाल्डोको हेडर लाई लिभरपुलक गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो। खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरी। उनले पनि आँशु थाम्न सकेनन्।
पहिलो हाफ बराबरी भएपछि दोस्रो हाफमा लिभरपुल गोलकिपर क्यारियसको असाधारण गल्तीमा पछि पर्यो। क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्ने क्रममा ५० औं मिनेटमा अनौठो गोलमार्फत गोल दिलाए।
लिभरपुलले कर्नरमार्फत ५५ औं मिनेटमा बराबरी गर्यो। लोभ्रेनले हेड गरेपछि पाएको बललाई मानेले गोलमा परिणत गरे। दोस्रो हाफमा इसकोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए।
लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरेपनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो। लिभरपुलले पुनः क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो। बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो।
Leave a Reply
You must be logged in to post a comment.