रोनाल्डो रियल मड्रिड छोड्न तयार


काठमाडौँ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ ।

एक बेलायती पत्रिका डेलीरेकर्डका अनुसार रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको दाबी गरेको छ ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् ।

उनले आवश्यक पर्ने भए दुई क्लबलाई जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन् । रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ ।

रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्योभन्दा कम राख्न आग्रह गरेका छन् ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध पछिल्लो समय चिसिएको दाबी गरिएको छ । रियल मड्रिडमा आफ्नो पारिश्रमिक बढ्नु पर्ने माग गरेपनि पारिश्रमिक बढेको छैन ।

रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमारभन्दा कम पारिश्रमिक पाउने गरेका छन् । नेइमारलाई क्लब भित्र्याउन लालाइत रहनुले पनि रोनाल्डो निराश भएको बताइएकको छ ।


Comments

comments