विश्वकप फुटबल: नकआउट चरणको खेल आजदेखि, कुन-कुन देश भिड्दै छन् ?

223

काठमाडौं । रसियामा जारी फिफा विश्वकपको समूह चरणको खेल सकिएको छ । समूह चरणको ४८ खेल सकिँदा हरेक समूहबाट विजेता तथा उपविजेता बनेका छन् ।

अन्तिम १६ को पहिलो खेलमा समूह ‘सी’ को विजेता फ्रान्स र समूह ‘डी’ को उपविजेता राष्ट्र अर्जेन्टिना भिड्दैछन् ।

खेलतालिका

शनिबार

फ्रान्सविरुद्ध अर्जेन्टिना (७ः४५ बजे)
उरुग्वेविरुद्ध पोर्चुगल (११ः४५ बजे)

आइतबार

स्पेनविरुद्ध रसिया (७ः४५ बजे)
क्रोएसियाविरुद्ध डेनमार्क (११ः४५ बजे)

सोमबार

ब्राजिलविरुद्ध मेक्सिको (७ः४५ बजे)
बेल्जियमविरुद्ध जापान (११ः४५ बजे)

मंगलबार

स्वीडेनविरुद्ध स्वीट्जरल्यान्ड (७ः४५ बजे)
कोलम्बियाविरुद्ध इंग्ल्यान्ड (११ः४५ बजे)