
चन्द्रागिरि, चाैठाै नेपालय वईस्टन युनाईटेड क्लबकप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा वेस्ट काठमाडौंले चाउरी देउराली युवा क्लब माथि ८-१ को फराकिलो जित हात पारेको छ। सहज जित दर्ता गर्दा वेस्ट काठमाडौंका दीपेस आले ३ (ह्याट्रिक), आशिष लामा २, रभी सिलवाल, इम्हिर्मा र म्याक्सले समान १-१ गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच बिस्व अधिकारी भए । आजका अन्य खेल बर्षाका कारण स्तगित भएको छ।`