सन्दीपलाई दिल्लीको बोर्डिङ पास

दिल्ली डेयरडेबिल्सले नेपाली क्रिकेट प्लेयर सन्दीप लामिछानेलाई टीममा स्वागत गरेको छ। डेयरडेबिल्सले १७ वर्षीय नेपाली खेलाडीलाई भित्र्याउन पाउनु आफ्नालागि खुशीको कुरा बताएको छ।



jibss

आज अक्सनमा लामिछानेलाई २० लाखमा दिल्लीले लिएका हो।

डियरडेबिल्सले स्पिनर लामिछानेलाई स्वागत गरेको ट्विट गर्दै पहिलो नेपाली खेलाडी भित्र्याउन पाएकोमा खुशी जनाएको हो।

आइपीएलको ११औँ संस्करणका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेबिल्सले छनोट गरेपछि उनी आइपिएलमा छानिएका पहिलो नेपाली भएका हुन्। हिजोदेखि सुरु भएको अक्सनमा लामिछानेलाई २० लाख भारु लिएको हो।

आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा थियो। अब उनी आइपिएलमा दिल्लीका लागि खेल्ने छन्।
५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा थियो। उनी अनक्याप्ड स्पिनरको लिस्टमा थियो। उनको बेस प्राइस भारु २० लाख थियो त्यसमै दिल्लीले किनेको हो।