
रोसन दानी,
समुदाय–प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा फुटसल प्रतियोगिता आज वाट सुरु भएको छ ।
मानव बेच बिखन तथा ओसार पसार विरुद्धको १३औं राष्ट्रिय दिवसको उपलक्षमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ भने मूल नाराका साथ फुटसल प्रतियोगिता आज वाट सुरु भएको हो ।
नगरपालिकाका युवा, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फुटसल प्रतियोगिताको आयोजना गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताए ।
प्रतियोगिताको पहिलो दिनको चनपा वडा नम्बर ६ लाई ६-१ गाेल अन्तरले हराउँदै चन्द्रागिरि नगरपालिका क्वाटर फाईनलमा पुगेकाे छ । त्यस्तै चन्द्रागिरि वडा नम्बर १२ लाई ८-२ अन्तरले हराउदै क्वाटर फाईनलमा पुगेकाे हाे । त्यसै गरि सञ्चारकर्मी र वडा नम्बर १० काे टिम खेलकाे ३-३ अन्तरले बरावरीमा राेकिए पछि खेल पेेेेेेेेेेेनाल्टी सुट आउट गएकाे थियाे । ट्राईबेकरमा सञ्चारकर्मी ज्ञानेन्द्र महतकाे पाेष्टमा चुके पछि वडा नम्बर १०काे टिम बिजयी भएकाे थियाे । त्यस्तै अर्को खेलमा चन्द्रागिरि वडा नम्बर १३, वडा नम्बर ४, ५ ,१४ र २ नं वडा क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
आकास टोलको चन्द्रागिरि फुटसल मैदानमा भईरहेको यस प्रतियोगितनमा १७ टोलीको सहभागिता रहेेेेको छ । प्रतियोगिताको फाईनल खेल २० गते खेलाईने छ ।