हाइभिजन कप ब्याडमिण्टन प्रतियोगिता, क्वाटर फाइनलका खेल बिहीबारबाट

चन्द्रागिरि ।

हाइभिजन कप ब्याडमिण्टन अन्तर्गत बुधबार ३ खेल भएका छन् । बसन्त महर्जन र प्रमोद महर्जनको जोडीले अोमलाल श्रेष्ठ र मगज बोगटीलार्इ पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् भने प्रतिक अर्याल र प्रचन मेहर श्रेष्ठको जोडी पनि मनोज महर्जन र सुमन महर्जनको जोडी विरूद्ध सहज जित हात पार्दै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार नै भएको तेश्रो तथा अन्तिम खेलमा रितु श्रेष्ठ र राज कुमार चाैधरीको जोडी अमृत थापा र उदय थापासँग पराजित भयो । प्रतियोगिताको क्वाटरफाइनल खेलहरू बिहीबारबाट सुरू हुनेछ ।