
हाईभिजन ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल भोलिदेखी सुरु हुने भएको छ। भाद्र १४ गतेबाट सुरू भएको यस प्रतियोगिता को फाइनल खेल यही भाद्र २३ गते शनिबार हुनेछ । बिजेता टिमले 20 हजार सहित ट्रफि र मेडल सहित प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ साथै तेस्रो हुने टिमले नगद ५ हजार सहित मेडल र ट्रफि प्राप्त गर्नेछ । हाईभिजन ब्याडमिन्टन फ्यान्स क्लब द्वारा आयोजित यस प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष उदय थापा ले जानकारी दिनु भएको छ । हाईभिजन हाईपर मार्केट प्रा लि ले प्रायोजित यस प्रतियोगिता को क्वाटरफाइनलमा भोलि को खेल तालिका यस प्रकारको रहेको छ ।
१) मनोज महर्जन र सुमन महर्जन बिरूद्द ओमलाल श्रेष्ठ र मगज बोगटी ।
२) अमिर महर्जन र लक्ष्मण महर्जन बिरूद्द हरि खत्री र यादव खवास ।
३) बसन्त महर्जन र प्रमोद महर्जन बिरूद्द तुलसी श्रेष्ठ र दीपक पुन ।
४) अमृत थापा र मिलन गुरुङ बिरूद्द बीरकृष्ण महर्जन र सङ्ग्राम पौडेल बिच खेलाइनेछ ।