हिमालयन शेर्पा सेमिफाइनलमा, हेमनको २ गोल

चन्द्रागिरी
हिमालयन शेर्पा क्लब चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई ३- ० ले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।

हिमालयनको जितमा दुवै गोल राष्ट्रिय टोलीका हेमन गुरुङले गरेका थिए । हेमनले १४ औं मिनेटमा पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा हेमनले अर्को गोल गरेका हुन् । राष्ट्रिय टोलीका  सदस्य राष्ट्रिय टोलीकी मानबहादुर तामाङको पासमा विपक्षि तीन रक्षकलाई छलाउँदै गोल गरेका हुन् । एपिएफको टोली विरूद्द सकिन ३ मिनेट बाँकी रहँदा हिमालयनका  पीयूष हेनरीले गोल थपे।

हिमालयनले अब सेमिफाइनलमा आर्मीको टोलीको सामना गर्नेछ । जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्मी अघि बढेको थियो । अन्य दुई ए डिभिजन टोली फ्रेण्डस र सिएमजी संकटा पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । ब्राइट युथ क्लब नैकापको आयोजनामा भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

चन्द्रागिरी गोल्ड कपको पहिलो सेमिफाइनल शनिबार

फ्रेण्डस र सिएमजी संकटा