अन्तर नगर कप फुटबलको उपाधी टोखालार्इ, चन्द्रागिरि उपविजेता

चन्द्रागिरि ।

प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधी टोखा नगरपालिकाले हात पारेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा काठमाडौं जिल्ला समन्वय समितिद्वारा अायोजित प्रतियोगिताको अाइतबार दशरथ रंगशालामा भएको फाइनलमा टोखा नगरपालिकाले चन्द्रागिरि नगरपालिकालार्इ ३ का विरूद्ध ५ गोल गर्दै उपाधी चुमेको हो ।