आइपीएलमा कसैले किनेनन् सन्दीपलाई

काठमाडौं :काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको मिनी अक्सनमा कुनै पनि भाउ लगाएनन्।

सन्दीपले यस सिजन आफ्नो आधारमुल्य ४० लाख भारतीय रुपैयाँ तोकेका थिए।

यसअघि उनले प्रत्येक सिजनमा दिल्लीबाट २० लाख भारतीय रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए। सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै ९ खेलमा १३ विकेट लिएका थिए।