आज विश्वकपमा ३ खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दैछन् ?

रसियामा जारी विश्व कपमा अप्रत्यासित नजिता आउने क्रम रोकिएको छैन । उपाधिको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना क्रोएसियासँग ३–० हराएको छ । अर्जेन्टिना जस्तै पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ ।

आजै अन्य खेलमा नाइजेरियाले आइसल्यान्ड र सर्बियाले स्वीट्रल्यान्डको सामना गर्नेछ । समूह ‘डी’मा रहेको आइसल्यान्डले पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो । नाइजेरियाले भने क्रोएसियालाई २–० को नतिजा सुम्पेको थियो ।

समइ ‘इ’मा पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको खेलमा जसरी लियोनल मेस्सीमाथि बढी आशा गरिएको थियो, ब्राजिलको खेलमा पनि नेयमारसँग त्यस्तै खेलको अपेक्षा गरिएको हुन्छ ।

विश्व को को भिड्दैछन्, कति बजे ?
समूह ‘इ’
पहिलो खेल- ब्राजिलविरुद्ध कोस्टा रिका -साँझ ५ः४५ बजे
समूड ‘डी’
दोस्रो खेल -नाइजेरियाविरुद्ध आइसल्यान्ड -राती ८ः४५ बजे
समूह ‘इ’
तेस्रो खेल -सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड -राती ११ः४५ बजे