कलंकी युनाईटेड र लकश साकोस,बल्खु नैकाप गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् |

चन्द्रागिरि,

नैकाप गोल्ड कप पर्तियोगितामा आज भएको पहिलो खेलमा कलंकी युनाईटेड द्वारा कार्की युथ क्लब,नैकाप ५:० ले पराजित भयो |
कलंकी युनाइटेडको जितमा राज पौडेल र दिनेश कार्कीले दुइ दुइ गोल गरे भने सुमन लामाले एक गोल गरे !
म्यान अफ द म्याच कलंकीका सुसन लामा घोषित भए |
दोश्रो खेलमा लकश साकोस,बल्खुले ब्लु बेल एफ. सी. वाडभन्ज्यांग माथि २:१ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्यो |
लकशका लागि दुवै गोल म्यान अफ द म्याच सुशान्त चौधरीले गरे ! ब्लु बेल एफ. सी. का लागि किशोर गुरुंगले एक गोल फर्काए |
भोलि एक मात्र खेल च.न.पा.१५ ढुंगेअड्डा युनेश्को र वेष्ट काठमाडौँ नैकाप बीचको पहिलो सेमिफाइनल रहेको छ |