कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

२७ असार, काठमाडाैँ । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-०लेहराउँदै अर्जेन्टिना विजयी भएको हो । उसका लागि एन्जेल डी मारियाले गोलको निर्णायक बन्यो । मारियाले डीबक्समा पुगेको बललाई हल्का छोएर गोलरक्षकको माथिबाट गोलमा परिणत गरेका थिए । उनले ब्राजिलका गोल रक्षकलाई छक्याए भने डिफेन्डरलाई समेत बलसम्म पुग्नै नदिई गोल गरेका थिए ।