गुर्जुधारामा शुक्रवारदेखि “दोश्रो चन्द्रागिरि मेयर कप तथा दशौं राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता” शुरु

काठमाण्डौ, चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा शुक्रवारदेखि “दोश्रो चन्द्रागिरि मेयर कप तथा दशौं राष्ट्रिय शिन क्युकोशिन प्रतियोगिता” शुरु भएको छ।

प्रदेश नं. ३ का प्रदेश सभा सभामुख माननीय सानुकुमार श्रेष्ठले उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको हो।
नेपाल शिन क्युकोशिन कराँते संघ, शाखा गुर्जुधाराद्वारा आयोजित उक्त कार्यक्रममा सभामुख श्रेष्ठले विश्वमा आफुलाई चिनाउन सकिने एउटा दरिलो माध्यम खेलकुद भएकोले यसलाई स्वस्थ र मर्यादित बनाउनु आजको प्रमुख आवश्यकता रहेको बताए छन्।

उद्घाटन समारोहमा प्रदेश नं. ३ का प्रदेश सभा सदस्य बेलिमाया घलेले खेलकुद क्षेत्रमा हुने विभिन्न राजनैतिक हस्तक्षेपलाई रोकेर स्वच्छ रुपमा देशको बिकासका लागी उपयोग गर्नुपर्ने बताएका छन्।

महानगरिय प्रहरी बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले खेलकुदले खेलाडीमा शारिरिक फाइदा मात्रै नभएर अनुसाशन समेत सिकाउने भएकाले खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्न सहयोग मिल्ने बताए। खेलकुदले विभिन्न किसिमका दुव्र्यसनमा रहेका वालवालिकाहरुलाई कुलतबाट बचाउन/छुट्टाउन समेत सक्ने हुनाले बालबालिकालाई खेलकुदमा लाग्न उत्प्रेरित गर्न डिएसपी थापाले जोड दिए।

प्रतियोगितामा देशका २२ वटा जिल्लाबाट १७५ जना खेलाडीले सहभागीता रहेको छ। उक्त प्रतियोगिताको समापन भोलि शनिवार चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले गर्नुहुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष विक्रम नकर्मीले बताएका छन्।