चन्द्रागिरि स्पोर्टस् क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने

चन्द्रागिरि ।
चन्द्रागिरि स्पोर्टस् क्लबले अागामी ‘सी’ डिभिजिन छनोट प्रतियोगितामा सहभागिता जनाउने भएको छ । क्लबले जारी गरेको सुचना अनुसार फुटबलका राष्ट्रिय स्तरका प्रशिक्षकको निगरानीमा रहि टोली चयन गरिनेछ । क्लबसँग अाबद्ध भइ खेल्न चाहने इच्छुक खेलाडीले चन्द्रागिरि स्पोर्टस् क्लब नैकाप फुटबल मैदान चन्द्रागिरि १४ मा सम्पर्क राख्न सकिनेछ ।