चम्कँदै न्यु डायमण्ड एकडेमीका विद्यार्थीहरू

काठमाडौँ, नेपाल विद्यालय भलिबल कमिसनको प्रथम प्याब्सन यु १८ राष्टिय महिला भलिबलको बिजय चन्द्रागिरि नगरपालिकामा अवस्थित न्यु डायमण्ड एकडेमीको हातमा परेको छ| प्रशिक्षक कुमार राइ को कडा मिहेनत प्रशिक्षण देश भरको ३९ विद्यालय पछि पार्दै न्यु डायमण्ड एकडेमीले नगद पुरस्कार १ लाख सहित बिजय ट्रफी प्राप्त गरेको छ भने बुटवलको एवेरेस्ट बोर्डिंग स्कुल उपविजेताले नगद ६० हजार सहित ट्रफी प्राप्त गरेको छ| साथै विद्यागत उत्कृष्ट ६ मध्य ३ विधा चन्द्रागिरि नैकापको न्यु डायमण्ड एकडेमीको कृपा अधिकारी उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्स रस्मिता दुरा र उत्कृष्ट खेलाडी प्रतिभा माली भएको छ|