च.न.पा.१५ ढुंगेअड्डा युनेश्को जारी नैकाप गोल्डकप २०७४ को फाइनलमा प्रवेश गर्न सफल भएको छ |

चन्द्रागिरि,

नैकाप गोल्डकप २०७४ प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज भएको खेलमा च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले वेष्ट काठमाडौँ नैकाप माथि २:१ गोलको विजय प्राप्त गरेको छ| निकैनै प्रतिश्प्रधात्मक खेलमा च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले सबिन विडारीको गोलमा सुरुवाती अग्रता लिएको थियो र पहिलो हाफको अन्तमा रुजित पुडासैनीले अग्रता दोब्बर पारे|
दोश्रो हाफमा आक्रामक देखिएको वेष्ट काठमाडौँका लागि डिकेश खड्कीले एक गोल फर्काए पछि खेल अझै बढी रोमान्चक बनेको थियो|
बराबरीका लागि वेष्ट काठमाडौँले थुप्रै प्रयाश गरेतापनि अन्त:त ढुंगेअड्डा युनेश्को २:१ गोल अन्तरले बिजयी बन्यो !
खेलका म्यान अफ द म्याच युनेश्कोका रुजित पुडासैनी घोषित भए|
भोलि हुने कलंकी युनाईटेड र लकश साकोस बल्खु बिचको दोश्रो सेमिफाइनल बिजयी टोलि संग च.न.पा.१५ ढुंगेअड्डा युनेश्कोले असोज ११,फुलपातीका दिन फाइनल खेल्नेछ|