ढुंगेअड्डा युनेश्को र वेष्ट काठमाडौँ नैकाप गोल्डकपको सेमिफाइनलमा

चन्द्रागिरी,
आज भएको पहिलो खेलमा च. न. पा. १५ ढुंगेअड्डा युनेश्को डिफ़ेन्दिङ्ग च्याम्पियन वेस्टर्न युनाइँटेड माथि हावी हुन पुग्यो र ७:२ को फराकिलो जित दर्ता गर्दै सेमिफाइनल पुग्न सफल रह्यो ! च. न. पा. १५ ढुंगेअड्डा युनेश्कोका लागि म्यान अफ द म्याच रुजित पुडासैनीले दुइ तथा समिर कार्की र सुजित बुडाठोकिले पनि समान दुइ दुइ गोल गरे भने एक गोल सबिन विडारिको नाममा रह्यो ! पराजित वेस्टर्न युनाइँटेडका लागि सुवाष घलान र सजिब महर्जनले एक एक गोल गरे !
निकैनै प्रस्तिश्प्रधात्मक दोश्रो खेलमा वेष्ट काठमाडौँ नैकापले दिपशिखा युवा समूह,पुरानो नैकाप माथि २:१ को जित निकाल्दै सेमिफाइनल पुग्ने दोश्रो टोलि बन्न सफल रह्यो ! वेष्ट काठमाडौँले कमल बिष्टको सुरुवाती गोलमा अग्रता लिएको थियो ! सरोज मगरले बराबरी गोल फर्काए पछि खेल टक्करको हुन पुग्यो र पहिलो हाफ एक एक गोल मै समाप्त भयो ! दोश्रो हाफमा दुवै टिमबाट गोलका थुप्रै प्रयाश भएता पनि वेष्ट काठमाडौँका बिकाश लामाले आफ्नो टिमलाइ अन्तिम अवस्था नजिक निर्णायक गोलको उपहार दिए !
म्यान अफ द म्याच वेष्ट काठमाडौँका गोल्कीप्पर अजय महर्जन घोषित भए !
भोलिको पहिलो खेल कार्की युथ क्लब,नैकाप र कलंकी युनाइँटेड बीच रहनेछ भने अन्तिम खेल लकश साकोस,बल्खु र दाबेदार मानिएको ब्लु बेल एफ. सी,वादभन्ज्यांग बीच रहनेछ !