चन्द्रागिरि ।

जमैकाका धावक युसेन बोल्टले आफ्नो देशमा अन्तिम सय मिटर दौड पूरा गरेका छन् । यही बर्ष सन्यास लिने क्रममा रहेका बोल्टको स्वदेशमा यो अन्तिम दौड थियो ।

आगामी अगष्टमा लण्डनमा विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिएपछि बोल्टले सम्पुर्ण खेल जीवनबाट अधिकारिक रुपमा सन्याल लिने बताईसकेका छन् । जमैकाको किङस्टन शहरको नेशनल स्टेडियममा सैल्युट अ लिजेन्ड नाम दिइएको सय मिटरको दौड उनले १० दशमवल ३ सेकेण्डमा पूरा गरे । ३० हजार दर्शकमाझ सय मिटर दौड पूरा गरेका बोल्ट निकै नै भावूक भएका थिए ।

आठ पटकका ओलम्पिक स्वर्ण पदक बिजेता बोल्टलले यो दौड सजिलै पूरा गरेका थिए । दौड पूरा गरेपछि बोल्टले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफनो खेल जीवनमा पहिलोपटक हडबडाएको बताएका छन् । दौड हेर्न जमैकाका प्रधानमन्त्री एन्ड्रीउ होलनेस र अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघका अध्यक्ष सेबास्टिएन को पनि रंगशाला पुगेका थिए ।