देवदर्शन कप ब्याडमिन्टन, पहिलो चरण समाप्ति भोलि बाट दोस्रो चरण

चन्द्रागिरि ।

जारी दोश्रो देवदर्शन कपको पाचौं दिन आइतबार ६ खेल लगत्तै भोलि बाट दोस्रो चरण खेल सुरु हुन्दै छ| बिनोद थापा र पुस्प राज बस्नेत जोडी अस्त कुमार महर्जन र अजित महर्जनको (बाबु र छोरा) टोलीसँग १९-२१ र १६-२१ ले पराजित भयो । त्यस्तै दोस्रो खलेमा रोमान्चक होडबाजी सहित, यादव खवास र हरि कुमार खत्रीकाे जाेडीले अनिल लामा र धर्म जंग थिङ समक्ष २१-१६, २१-१८ र २४-२२  ले नतिजा सुम्पेको थियाे । अाजै भएको तेश्रो तथा अन्तिम खेलमा उदय थापा र अगृत थापाकाे (बाबु र छोरा) जोडीले श्री हरि थापा र प्रमोद बैधको टोलीलाई २१-७ र २१-५ काे साेझाे सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकाे छ । देवदर्शन सहकारीको नवाैँ वार्षिकोत्सवका अवसरमा मंगलबारबाट सुरू भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ ।