Home खेलकुद देवदर्शन कप ब्याडमिन्टन, दाेश्राे चरणका दाेश्राे दिन ३ खेल

देवदर्शन कप ब्याडमिन्टन, दाेश्राे चरणका दाेश्राे दिन ३ खेल

0
देवदर्शन कप ब्याडमिन्टन, दाेश्राे चरणका दाेश्राे दिन ३ खेल

देवदर्शन साकाेसकाे वार्षिकोत्सवका अवसरमा अायाेजित दाेश्राे देवदर्शन कप ब्याडमिन्टन प्रतियोगिताका दाेश्राे चरणका खेलहरु हिजो बाट सुरु भएका थियो। पहिलाे चरणका ३२ टाेलीबाट दाेश्राे चरणका लागि १६ टाेली छानिएका छन्, दाेश्राे चरणको खेलमा विजयी हुने टाेली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

मंगलबार सम्पन्न उज्वल महर्जन र अमिर महर्जनकाे जाेडीलाई १०-२१ र ६-२१ काे साेझाे सेटमा पराजित गर्दै पुष्प खड्का र पवन अधिकारी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्काे खेलमा बिष्णु बाबु केसी र फणिन्द्र बहादुर तामांग जोडी शिव शरण महत र राजन महतको जाेडीसँग १५-२१ र १८-२१ काे सेटमा पराजित भयाे त्यस्तै अाज भएकाे तेस्रो तथा अन्तिम खेलमा यादब खवास र हरि कुमार खत्रीकाे जाेडी बसन्त महर्जन र प्रमोद महर्जनलाई १९-२१, २१-१९ र २१-१७ सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।